२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

एफइसी सहकारीद्वारा स्वर्गीय लम्सालको परिवारलाई सहयोग

शुक्रवार , फाल्गुण २०, २०७८

तिलोत्तमा, २० फागुन ।
एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्थाले आफ्ना शेयर सदस्य बाबुराम लम्सालको निधन भएकोमा उनको परिवारलाई शोक अनुदान प्रदान गरेको छ । सहकारीका शेयर सदस्य तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवारी निबासी लम्सालको यही फागुन ११ गते निधन भएको थियो ।

सहकारीले लम्सालको घरमै पुगेर स्वर्गीय भुसालको परिवारलाई शोक अनुदान रकम प्रदान गरेको हो ।

राहतस्वरुप सहकारीले संस्थाको शेयर सदस्य कल्याणकारी कोषबाट एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलले स्वर्गीय बाबुराम लम्सालका बुबा पशुपति लम्साललाई चेक हस्तान्तरण हस्तान्तरण गरेका थिए । 

शोक अनुदान रकम प्रदानका अवसरमा संस्थाका सल्लाहकार, कार्यसमिति लगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले सहकारीको बारेमा प्रकाश पारेका थिए ।