२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

महाशिवरात्रीमा पौवाका ११ वटै शाखा भजनमय 

बुधवार , फाल्गुण १८, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • बुटवल, १८ फागुन । 
    हिन्दू धर्मावलम्बीहरुको विशेष पर्व महाशिवरात्रीको अवसरमा होटल पौवा प्रा.लि.ले विशेष शुभकामना कार्यक्रम गरी मनाएको छ । शिवरात्रीका अवसरमा पौवाका ११ वटा शाखामा भजनकिर्तन गरी मनाइएको जनाएको छ । 

    बुधबार सबै शाखामा महाशिवरात्री विशेष भजन कार्यक्रम तथा प्रसाद ग्रहण कार्यक्रम गरी मनाएको हो । फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । यसैको झल्को दिने गरी पौवाले आफनो सबै शाखाहरुमा कार्यक्रम गरेको पौवा प्रा.लि.का प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । उनले पौवाले नेपालको पर्यटन क्षेत्रको विकाससंगै सामाजिक उत्तरदायित्वमा समेत बहन गर्दै आएको बताए । ‘हामीले नेपाली संस्कृतिलाई ब्राण्ड बनाउने र देशव्यापी संजालमा व्यवसायलाई जोड्ने लक्ष्य अगाडी बढाएको छौं ।’– उनले भने । बुटवलसहित भैरहवा, रेसुङा, पाल्पा, गोरुसिङे, लमही, घोराही, भालुवाङ, जुम्ला, धनगढी, र चितवनमा कार्यक्रम गरिएको ज्ञवालीले बताए । होटलमा पाहुनाहरु भजन कृतन गर्दै रमाउँदा निक्कै मजा भएको बताउँदै उनले भजनमा गाउने रमाउनुका साथै खिर, हलुवा र अचारको मिठो प्रसादी समेत वितरण गरिएको बताए । 

    ब्रह्माले रुद्ररुपी शिवजीलाई उत्पन्न गरि शिव पार्वतीको विवाह भएकोे दिनलाई शिवरात्री पर्व मान्दै कृष्ण चतुर्दशीका दिन निर्जल व्रत, रात्री जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा किर्तन शिवरात्रीको पूजा अर्चना गरि मनाईन्छ । 
    पौवाका अध्यक्ष दुर्गा भण्डारीले ऐतिहासिक, धार्मिक स्थलहरुको प्रचारप्रसारका साथै सास्कृतिक जर्गेना गर्ने लक्ष्यसहित पौवाले वर्षभरि विविध कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।  पौवाले नेपालमा परम्परादेखि मनाइँदै आएको चाडपर्वहरुलाई मौलिकता प्रदान गर्दै मनाउँदै आएको छ ।