२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

ग्याल्पो ल्होसारमा भोलि सार्वजनिक विदा

बुधवार , फाल्गुण १८, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १८ फागुन ।
    सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार (भोलि) सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । 

    “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ/संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । रासस