२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

राप्रपाको केन्द्रीय सदस्यमा स्वाती थापा

बुधवार , फाल्गुण १८, २०७८

  • 5.6K
    Shares
  • 5.6K
    Shares
  • भैरहवा, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति सदस्यमा युवा नेतृ स्वाती थापा मनोनित भएकी छन् । राप्रपाले थापालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । उनी भैरहवास्थित प्रतिमान नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक समेत हुन् ।

    राप्रपाले थापासहित १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

    275032015_1139523030218764_3735632347515781827_n.jpg

    लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयनमा परेका हुन् ।