२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

बसडिलवा शिवालय मन्दिरमा ४० हजार भक्तजनले गरे दर्शन

बुधवार , फाल्गुण १८, २०७८

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, १८ फागुन । 
    महाशिवरात्रिका अवसरमा मंगलबार भैरहवास्थित बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर)मा ४० हजार बढी भक्तजनले दर्शन गरेका छन् । सिद्धार्थनगर नगरपालिका–८ मा अवस्थित यो मन्दिरमा प्रत्येक वर्ष भक्तजनको घुँइचो हुने गर्दछ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शंकर प्रसाद ज्ञवालीका अनुसार प्रत्येक वर्ष ४० हजार भक्तजन मन्दिरमा आउने गरेका छन् । यस वर्ष यो संख्या अझै बढेको ज्ञवालीले जानकारी दिए ।

    अघिल्लो वर्ष कोरोना महामारीका कारण केही प्रभावित शिवरात्री यो वर्ष भव्य भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बसडिलवा शिवालय मन्दिर यस क्षेत्रका बासिन्दाको उच्च आस्था बोकेको स्थापित र चर्चित मन्दिर भएको स्थानीय प्रख्यात बन्जाडेले बताए । विशेष गरी यो मन्दिरमा महाशिवरात्रि र तीज पर्वमा विशेष मेला लाग्ने भएकाले ठूलो जमघट हुने गर्दछ ।

    मन्दिर परिसरमा जेसीआई सिद्धार्थ लेडी नेपालले प्रसाद वितरण तथा सरसफाई कार्यक्रम गरेको थियो । त्यस्तै नेपाल नियमित रक्तदाता संघ सिद्धार्थनगरको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भैरहवाको सह–आयोजनामा खुल्ला रक्तदान कार्यक्रम भएको थियो ।