२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

विभिन्न कार्यक्रम गर्दै मनाइयो ४० औं राष्ट्रिय मगर एकता दिवस 

आइतवार , फाल्गुण १५, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, १५ फागुन ।
    नेपाल मगर संघ सिद्धार्थनगर नगर समितिले ४० औं राष्ट्रिय मगर एकता दिवस भव्य रुपमा मनाएको छ । सांस्कृतिक झाँकी, मगर समुदायको पहिरनमा सजिएका नरनारीहरु नौमति बाजासहित नगर परिक्रमा गरी डांडागाउँ पिपलबोटस्थित यूनिक बैंक्युटमा पुगेर सभामा परिणत भएको थियो । नेपाल मगर संघ केन्द्रीय समितिका पूर्व अध्यक्ष तथा संरक्षक स्वर्गीय झक बहादुर थापा मगरको पाँचौ दिनको स्मृतिमा श्रद्धाञ्जली सभा गरिएको थियो ।  

    दिवसमा त्रिशरण पंचशिल पाठ वापाहरु प्रेम सलामी मगर र टेक बहादुर राना मगरबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापा मगरले मगरहरु संगठित हुँदै शैक्षिक राजनैतिक रुपमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिइन् । 

    त्यस्तै विशिष्ट अतिथि केन्द्रीय समितिका सल्लाहकार होम सुनारी मगरले सम्पूर्ण मगरहरु राज्यको हरेक तहमा पहुँचमा पुग्नको लागि आफै लाग्नुपर्ने बताए । धर्मले गर्दा मगर संघसंग टाढिनु नहुने र मगर एकताबाट भाग्नु गलत रहेको र स्थानीय तह निर्वाचनमा मगरहरुको सहभागिता व्यापक हुनुपर्ने बताए ।

    कार्यक्रममा ढक बहादुर सारु मगर, दिना पुन मगर, इन्द्रमाया थापा मगर, पदमा रानामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

    कार्यक्रममा हेमीचित्र छात्रवृत्ति, जमुना÷देव बहादुर थापा मगर छात्रवृत्ति र मगर विद्यार्थी छात्रवृत्ति वितरण गरिएको थियो । पूर्व कोषाध्यक्ष स्वर्गीय तीर्थ बहादुर श्रीस मगरको स्मृतिमा उनको छोरा रमेश श्रीस मगरले ५० हजारको अक्षयकोष स्थापना गरेका छन् । 

    कार्यक्रममा कोभिड–१९ को नर्सिङ क्षेत्रको सेवामा खटिएका मगर समुदायका नर्सहरुलाई सम्मान गरिएको थियो । त्यस्तै डा. प्रिया आले मगरलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा २३ जनाले रक्तदान दिएका थिए । 

    संघका अध्यक्षता चन्द्र बहादुर रानामगरको अध्यक्षता, उपाध्यक्ष चन्द्र बहादुर पुन मगरको स्वागत मन्तव्य तथा उमेश थापा लाटोमगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष तथा संरक्षक स्वर्गीय झक बहादुर थापा मगरको जीवनीबारे उमेश थापा लाटोमगरले प्रकाश पारेका थिए ।