images

शनिवार, बैशाख २२ गते २०८१

रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

images
images
images
आइतवार, फाल्गुण १५ २०७८
आइतवार, फाल्गुण १५ २०७८
  • रुसी सेना युक्रेनको दोस्रो सहरमा प्रवेश, लडाइँ जारी

    १५ फागुन ९रासस÷एएफपी० – रुसी सेनाहरू युक्रेनको दोस्रो शहर खार्किभमा प्रवेश गरेका छन् ।  रुसले आक्रमण गरेको आज चौथो दिन आइतवार लडाइँ चलिरहेको क्षेत्रीय प्रशासनका प्रमुखले बताएका छन्।

    images
    images
    images

    “रूसी शत्रुका गाडीहरु खार्किभ शहरमा प्रवेश गरे,“ ओलेग सिनेगुबोभले फेसबुक पोस्टमा बताएका छन् ।  “युक्रेनी सशस्त्र बलहरूले शत्रुलाई नष्ट गर्दैछन्।“ उनले थप जानकारी दिएका छन्। 

    रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेका थिए । टेलिभिजनबाट प्रत्यक्ष सम्बोधन गर्दैै राष्ट्रपति पुटिनले युक्रेनको पूर्वीक्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका थिए । 

    शनिबार बेलुकासम्ममा युक्रेन र रुसका बीचमा भएको भिडन्तका क्रममा तीन जना बालबालिकासहित कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको जनाइएको छ ।  रासस

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij