आइतवार , फाल्गुण १५, २०७८
रुपन्देही, १५ फागुन ।
होटल पौवाले शिवरात्रीको अवसरमा होटलमा आउने ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ । शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पूजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ ।
यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगै नाचौं, सँगसँगै खाऔं भन्ने मुल नाराका साथ पौवाका ११ वटा शाखामा शिवरात्री विशेष कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए । परम्परा अनुसारको शिव प्रसाद निःशुल्क खुवाउनुका साथै संगितमय भजन टोलीले शिवरात्रीका दिन बिहानैदेखि भजनकिर्तन गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए ।
पौवाले नेपालमा मनाइने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विशेषको परिकार तयार गरी ग्राहकहरुलाई सेवा दिएको थियो ।
पौवाको रुपन्देहीमा २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १ र गण्डकी प्रदेशको चितवनमा १ शाखा सञ्चालनमा आइसकेका छन् भने गण्डकी प्रदेश राजधानी पोखरामा नयाँ वर्ष पहिले नै सेवा सञ्चालन हुने गरी तयारी अगाडी बढाइएको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij