शनिवार , फाल्गुण १४, २०७८
बुटवल, १४ फागुन ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आठौं अधिवेशनबाट अध्यक्षमा मोहन प्रसाद बस्याल निर्वाचित भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्र पोख्रेल, प्रथम उपाध्यक्षमा ज्ञानु न्यौपाने, द्वितीय उपाध्यक्षमा राधा भुसाल, महासचिवमा गोपाल प्रसाद प्रधान, सचिवमा दधिराम ज्ञवाली, सह–सचिवमा यमलाल बेलबासे, कोषाध्यक्षमा टिकाराम शर्मा र सह–कोषाध्यक्षमा ईश्वर कुमार श्रेष्ठ रहेका छन् ।
त्यसै गरी सदस्यहरुमा होमनाथ पोख्रेल, दिपक काफ्ले, विष्णु प्रसाद काफ्ले, कुलचन्द्र गौतम, यम कुमार बुढा, मनकला भट्टराई, लक्ष्मी न्यौपाने, कृष्ण बञ्जाडे, चित्र पौड्याल, पुष्पा पोखरेल र लक्ष्मण भण्डारी रहेका छन् ।
यस्तै लेखा समितिको संयोजकमा विकास राज पौड्याल, सदस्यमा तुल्ला शाक्य रहेको निर्वाचन समितिका सदस्य कृष्ण प्रसाद पाण्डेयले जानकारी दिए । अधिवेशनको लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij