२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

पाँचदिने फोटोग्राफी कार्यशाला सम्पन्न

शनिवार , फाल्गुण १४, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, १४ फागुन ।
    लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले भैरहवामा सञ्चालन गरेको पाँचदिने फोटोग्राफी कार्यशाला तालिम शुक्रबार समापन भएको छ । कार्यशालामा २० जना प्रशिक्षार्थी सहभागि रहेको क्लबका संस्थापक अध्यक्ष कमल परियारले बताए ।

    समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले लियो प्रोग्रेसिभ सिद्धार्थनगरले स्थापना कालदेखि नै रचनात्मक कार्य गर्दै आएको बताए । उनले युवाहरु उर्जाशिल भएकाले सकारात्मक कार्यहरूका निम्ति एकजुट भइ अगाडी बढ्नुपर्ने बताए । 

    क्लबका द्वितीय भण्डारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी विकास बस्नेतले पाँच दिने तालिम निकै उपलब्धीमूलक रहेको बताए । कार्यशालामा प्रशिक्षक पुर्ण गुरुङ, राहुल रेग्मी, आशिष श्रेष्ठ र हेमन्त श्रेष्ठले सहजीकरण गरेका थिए ।