२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

रुपन्देहीमा बिहीबार थपिए ८३ जना कोरोना संक्रमित

बिहिवार , कार्तिक ६, २०७७

भैरहवा, ६ कार्तिक । 
रुपन्देहीमा बिहीबार थप ८३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३३ जना महिला र ५० जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका ३१, सिद्धार्थनगर नगरपालिकाका २१, तिलोत्तमा नगरपालिकाका १५, देवदह नगरपालिकाका ३, सैनामैना नगरपालिकाका ७, रोहिणी गाउँपालिकाका २, शुद्धोधन, सियारी, ओमसतिया र कञ्चन गाउँपालिकाका १/१ जनामा  कोरोना संक्रमणको पुष्टि भएको छ ।

यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार ४ सय ३० पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।

जिल्लामा हालसम्म ३ हजार १ सय ५१ जना कोरोना संक्रमित निको भएका छन् ।  त्यस्तै रुपन्देहीमा २ हजार २ जना १८ कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ६१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।