२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

गौतमबुद्ध सन्देश दैनिकको समाचार प्रमुखमा माधब न्यौपाने

शुक्रवार , फाल्गुण १३, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, १३ फागुन ।
    भैरहवाबाट प्रकाशित एक मात्र दैनिक पत्रिका गौतमबुद्ध सन्देश दैनिकको समाचार प्रमुखमा माधब न्यौपाने नियुक्त भएका छन् । विगत ७ वर्षदेखि भैरहवाबाट निरन्तर प्रकाशित उक्त पत्रिकाको प्रकाशन संस्था गौतमबुद्ध मिडिया प्रा.लि.को फागुन १२ गते बिहीबार तिलोत्तमामा बसेको वार्षिक कार्ययोजना बैठकले न्यौपानेलाई उक्त जिम्मेवारी दिएको हो । 

    मिडिया प्रा.लि.को शेयर सदस्य समेत रहेका न्यौपाने विगत एक दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । मिडिया प्रा.लि. द्वारा हाल भैरहवाबाट दैनिक पत्रिकासहित रेडियो रिपब्लिक तथा गौतमबुद्ध सन्देश डट कम अनलाईन संस्करण सञ्चालनमा छन् । 

    कार्ययोजना बैठकले संस्थामा कार्यालय प्रमुखको रुपमा कार्यरत विष्णु प्रसाद भट्टराईलाई प्रबन्ध सम्पादकको जिम्मेवारी समेत दिएको अध्यक्ष खिम बहादुर खत्रीले बताए । वार्षिक कार्ययोजना अन्तर्गत मिडिया प्रा.लि.लाई कसरी व्यवस्थापन गर्ने र लुम्बिनी प्रदेशकै अब्बल मिडियाको रुपमा विकास गर्ने भन्ने योजनाबारे छलफल गरी योजना बनाइएको अध्यक्ष खत्रीले बताए । बैठकबाट संस्थाका सञ्चालकहरु नारायण प्रसाद भण्डारी, चोपलाल आचार्य, रामचन्द्र रेग्मी, सुरेन्द्र बस्याल, दिनेश पौड्याल र धिरज कुमार मल्लिकलाई समेत विभिन्न विभागको जिम्मेवारी प्रदान गरिएको थियो ।

    बैठकबाट पत्रिका प्रकाशनको सुरुवाती चरणदेखि नै भुकम्प, नाकाबन्दी, मधेश आन्दोलन लगायत पछिल्लो समय विश्वभर फैलिएको कोभिड–१९ महामारी जस्ता जटिल परिस्थितिको सामना गर्दै मिडियाले आफूलाई अब्बल सावित गर्न सफल रहेको निष्कर्ष निकाल्दै उक्त सफलता प्राप्तीमा सहयोग गर्ने सम्पूर्ण पाठक, विज्ञापन दाता, लेखक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।
    पत्रिका विगत तीन वर्षदेखि प्रेस काउन्सिल नेपालको पत्रपत्रिका वर्गीकरण अन्तरगत निरन्तर प्रदेशस्तरको ‘ख’ वर्गमा वर्गीकरणमा परेको छ । सुरुमा साप्ताहिकबाट सुरुवात भइ विगत पाँच वर्षदेखि दैनिक रुपमा प्रकाशित गौतमबुद्ध सन्देश दैनिक यही फागुन २८ गतेदेखि आठौं वर्षमा प्रवेश गर्दैछ ।