images

आइतवार, बैशाख १६ गते २०८१

संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

images
images
images
बिहिवार, फाल्गुण १२ २०७८
बिहिवार, फाल्गुण १२ २०७८
  • संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने

    काठमाडौँ, १२ फागुन।  प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ।  

    images

     बैठकको सम्भावित कार्यसूचीको अर्को बुँदामा कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्याधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७\७८ पेश गने कार्यक्रम राखिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था तथा परामर्श समितिको बैठक राखेका छन्। आजको संसद बैठकमा अनिवार्य उपस्थित हुन नेपाली कांग्रेसले बुधबार आफ्ना सबै सांसदहरुलाई निर्देशन दिइसकेको छ। 

     सरकारले यही फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल गरेपछि आजको बैठकमा यस विषयमा सामान्य छलफल हुनेछ। अघिल्लो बैठकमा अर्थमन्त्री शर्माले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि उनि अनुपस्थित भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए। 

     एमसिसीका बारेमा साझा धारणा बनाउन सत्ता साझेदार दलहरुबीच प्रयास भइरहेको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी पास गर्ने रणनीतिमा भए पनि  सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादिले भने अहिलेसम्म एमसीसीको विपक्षमा रहेको जनाएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा ले भने औपचारिकरुपमै सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने अर्को सत्ता साझेदार अर्को दल जनता समाजवादी पार्टीले भोलि बस्ने कार्याकारिणी समितिको बैठकले एमसिसीबारे औपचारिक धारणा राख्ने भएको छ। यस्तै सत्ता घटक एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij