२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति विभेद कायम रहेको गुनासो

बिहिवार , फाल्गुण १२, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, १२ फागुन ।
    यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति समाजमा विभेद कायम रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । एक्लोलाई सहारा दिने वृक्ष समूहले बुधबार भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले समाजमा अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेर्ने दृष्टिकोण फरक रहेको गुनासो गरे ।

    कार्यक्रममा बोल्दै एक्लोलाई सहारा दिने वृक्ष समूहका कार्यालय प्रमुख मनिला न्यौपानेले विगतमा समाजले स्वीकार्न नसकेको अवस्थामा हिंसामा पर्दै आएकोमा पछिल्लो समय घटनामा भने केही कमी आएको बताइन् । उनले भनिन्, ‘विगतको तुलनामा विभेदका घटनामा केही कमी आए पनि निर्मूल भएका छैनन्, समस्याहरुको रुप फेरिएको छ ।’ विभेद र लाल्छना लगाउने प्रवृत्ति अझै पनि नरोकिएको उनले बताइन् । नेपालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा कार्यान्यवयन हुन नसकेको उनको भनाइ थियो ।

    इन्टरनेशनल अलर्ट लुम्बिनी प्रदेश संयोजक बादल लामाले मान्छे मान्छेमा हुने विभेदको अन्त्य हुनुपर्ने बताए । मानव अधिकार परियोजना लुम्बिनी प्रदेश संयोजक रेशम न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानवअधिकारको रक्षा तथा समुदायको हकअधिकारका लागि इन्टरनेशनल अलर्ट र युके एडले बागमती र लुम्बिनी प्रदेशमा परियोजना सञ्चालन गर्दै आएको छ ।