बुधवार , फाल्गुण ११, २०७८
भैरहवा, ११ फागुन ।
रुपन्देहीको मायादेवी गाउँपालिकाका भूमिहिनहरुले भूमि पाउने भएका छन् । उक्त विषयमा मायादेवी गाउँपालिका रुपन्देही र राष्ट्रिय भूमि आयोग काठमाडौंबीच सम्झौता भएको छ । सम्झौतासँगै मायादेवी गाउँपालिकाका करिब १ हजार घरधुरीले जग्गाधनी प्रमाण पूर्जा पाउने कार्य अगाडि बड्ने गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले बताए ।
अब पहिलो चरणमा डाटा इन्ट्री गर्ने र निस्सा वितरण गरिनेछ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण तिमिल्सिनाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij