images

सोमवार, बैशाख १७ गते २०८१

बुटवलबाट सुरु भयो एमालेको पहिलो निर्वाचन प्रचारप्रसार कार्यालय

बुटवलबाट सुरु भयो एमालेको पहिलो निर्वाचन प्रचारप्रसार कार्यालय

images
images
images
बुधवार, फाल्गुण ११ २०७८
बुधवार, फाल्गुण ११ २०७८
  • बुटवलबाट सुरु भयो एमालेको पहिलो निर्वाचन प्रचारप्रसार कार्यालय

    रुपन्देही, ११ फागुन । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु गरेकै बेला बुटवलबाट चुनावकेन्द्रित प्रचार कार्यालय समेत शुभारम्भ भएको छ । वडास्तरमा स्थापना भएको चुनाव प्रचार कार्यालय सम्भवतः मुलुककै पहिलो हो । 

    images

    धेरै जनघनत्व र जनसंख्या रहेको बुटवल उपमहानगरपालिका– ११ बाट एमालेले पहिलो प्रचार कार्यालय शुभारम्भ गरेको छ । प्रचार कार्यालयको पार्टीका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बुधबार एक समारोहबीच शुभारम्भ गरे । 

    त्यसअवसरमा उनले जनस्तरमा भएगरेका कामको सूची बनाउने, टोलस्तरबाटै समस्याको पहिचान गरी समाधानका लागि गरिएका अगुवाई र सफल प्रयासहरुको समेत सूची बनाएर जनस्तरमा जान पार्टी कार्यकर्ताहरुलाई आग्रह गरे ।

    पार्टीका वडा कमिटी अध्यक्ष दिनानाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी विभिन्न तहका नेता तथा अगुवा कार्यकर्ताहरुले समृद्ध बुटवल, खुशी बुटवलबासीको लक्ष्य अनुसार भएगरेका कामको सूची बनाएर प्रचारमा जाने र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनका लागि समेत समन्वय तथा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।

    त्यसअवसरमा पार्टीका नेताहरु जिल्ला कमिटी सदस्य तथा वडा इञ्चार्ज राजेन्द्र ढकाल, पार्टीका नेता तथा वडा ११ का निर्वाचित अध्यक्ष रामचन्द्र क्षेत्री, अग्रज नेताहरु खकप्रसाद पुन, मेघराज न्यौपाने, अनेमसंघ केन्द्रीय सदस्य ज्ञानु केसी, पार्टीका जिल्ला सदस्य तथा युवा नेताहरु ऋषिराम पाण्डे, बाबुराम पन्थी, नहकुल शाही, पार्टीका उपमहानगर कमिटीका उपाध्यक्ष शोभाखर पोखरेल र सचिव मेघराज भट्टराई लगायतले निर्वाचन केन्द्रित अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए । वडा कमिटीका उपाध्यक्ष दुर्गा श्रेष्ठले स्वागत र सचिव तेजेन्द्र खनालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

    प्रचार कार्यालयमार्फत् अब चुनावकेन्द्रित प्रचारका काम गरिनेछन् । पार्टीको नेतृत्वमा चुनाव जितेर गएपछि भएका कार्यहरुको सूची तयार पार्ने, घोषणापत्र अनुसारका काम के कति भए त्यसको सूचि तयार पारेर जनस्तरसम्म लैजाने गरी संयन्त्र तयार पारिएको वडा कमिटीका अध्यक्ष दिनानाथ भट्टराईले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij