२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेटमा प्रोफेश्नल मास्टर्स ११ विजयी 

मंगलवार , फाल्गुण १०, २०७८

भैरहवा । भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा प्रोफेश्नल मास्टर्स ११ ले बिजयी भएको छ।

रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनामैना क्रिकेट क्लबलाई १३ रनको झिनो अन्तरले पराजित गर्दै प्रोफेस्नल मास्टर ११ बिजयी भएको हो।  

सुरुवाती ब्याटिङ पाएकोे प्रोफेश्नलले ३३ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै ९३ रन बनाएको थियो। जसका लागि प्रवेश थापाले सर्वाधिक २६, अनिल चाईले १५, अजय रसाइली र माधवेन्द्र क्षेत्रीले समान १०–१० रन बनाए। बलिङ्गमा सैनामैनाका गणेश गौतमले ४, विशाल भुसाल र उदय पन्तले समान २–२ विकेट लिए।  

९४ रनको लक्ष्य पाएको सैनामैनाले २५ दशमलव १ ओवरमा सबै विकेट गुमाई ८० रन मात्रै जोड्न सक्यो। लक्ष्य पार गर्न नसकेपछि १३ रनले हार व्योहोरेको सैनामैनाका लागि सुनिल पौडेलले १६, प्रदिप सुवेदी र विक्रम गौतमले समान १३–१३ रन बनाए। प्रोफेश्नलका दिनेश अग्रवालले ४, समोत पौडेल र अर्जुन करोसले २–२ विकेट लिए। 

मंगलबारको खेलमा दिनेश अग्रवाल म्यान अफ द म्याचबाट पुरस्कृत भए। बुधबारको खेल लुम्बिनी शाक्यान र बुटवल युथका बीच हुने संघका सचिब संजय गुरुङले जानकारी दिए। 

२०५४ साल देखि निरन्तर हुदै आएको नेपालकै एक मात्र सुपरलिग प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन्। एकदिवसीय ५०–५० ओवर फर्मेटमा खेलाइने बी डिभिजनका टप हुने टीम ए डिभिजनमा बढुवा हुने गरी प्रतिस्पर्धा गराइने संघका सचिव गुरुङले बताए। 

ए डिभिजनका ८ टिम र बी डिभिजनबाट बढुवा भएर आएका ४ टीमलाई पुनः ४ समूहमा विभाजन गरी लिग खेलाइने छ। लिगमा टप हुने ४ टिम बीच सुपर फोरमा प्रतिष्पर्दा गर्नेछन भने पुछारमा रहेको टीम अर्को वर्ष बी डिभीजनमा घटुवा हुने सचिव गुरुङले बताए।  

यस वर्ष देखि टिमले धेरै खेल खेल्न पाओस भन्दै सेमिफाइनलको ठाउमा लिग चरणका प्रमुख टिमले राउण्ड रोबिन लिग खेल्ने छन्। जसबाट उच्च अंक प्राप्त गर्ने २ टिम बीच फाइनल प्रतियोगिता हुने संघले जनाएको छ।  

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५÷५ हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए। 

प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ प्रदान गरिने छ। ३ वर्ष देखि मुख्य प्रायोजन गर्दे आएको नेपाल टेलिकमले यस वर्ष पनि निरन्तरता दिएको छ।