२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

‘सुजुकी सेलेरियो’ सार्वजनिक

मंगलवार , फाल्गुण १०, २०७८

  • 6.2K
    Shares
  • 6.2K
    Shares
  • भैरहवा, १० फागुन ।
    नेपालको सबैभन्दा इन्धन किफायती पारिवारिक कार ‘सुजुकी सेलेरियो’ सार्वजनिक गरेको छ । सुजुकी चारपांग्रे सवारीसाधनको लागि आधिकारिक विक्रेता युनाइटेड साई मोटर्स प्रा.लि. भैरहवाले सबैभन्दा धेरै इन्धन प्रभावकारी पारिवारिक कार ‘सुजुकी सेलेरियो’ मंगलबार सार्वजनिक गरेको हो ।

    सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केही राहत मिल्ने कम्पनीको विश्वास छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फर्स्ट–इन–सेगमेन्ट सुरक्षा, र सुविधायुक्त सुविधाहरू भएको कम्पनीले जनाएको छ । युनाइटेड साई मोटर्स प्रा.लि. का प्रबन्धक दिनेश घिमिरेका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो ।

    न्यू जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज, बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ । अल न्यू सेलेरियोले थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइनको साथै गतिशील स्ट्यान्स प्रदान गर्दछ । स्टाइलिस थ्रिडी अर्गानिक स्कल्प्ड डिजाइन ले बजारमा कम्प्याक्ट ह्याचब्याक खण्डलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ ।

    एनिमेटेड स्वीपिङ फ्रन्ट हेडल्याम्प, ड्रपलेट स्टाइल टेल ल्याम्प र क्रोमसहितको नयाँ रेडियन्ट सिग्नेचर फ्रन्ट ग्रिलले यसको ताजा उत्साहजनक डिजाइन सिग्नेचरलाई जोड दिन्छ । अर्बन कालो अल्लो पांग्रा र अगाडिको फग ल्याम्पले यसमा जीवन्त शैलीको आकर्षण थप्छ ।

    नयाँ सेलेरियोलाई थप आरामको लागि ऊर्जावान र फराकिलो केबिन विचारपूर्वक डिजाइन गरिएको छ । स्वीपिङ क्यारेक्टर लाइनहरू र अर्गानिक स्कल्प्टेड थ्रीडी इन्स्ट्रुमेन्ट प्यानलले नयाँ सेलेरियोलाई अझै प्रिमियम फिल दिएको छ । उज्यालो क्रोम एक्सेन्टसहितको ट्विन स्लट सेन्टर एसी भेन्टिलेसन, बोल्डब्यारेल–थीम साइड एयर भेन्ट्सले भित्री डिजाइनलाई थप आकर्षक बनाएको छ । युनाइटेड साई मोटर्सबाट सुजुकी सेलेरियो कार खरिद गर्ने पहिलो ग्राहक सिद्धार्थनगर–८ का जर्नादन नेपालले सुजुकी सेलेरियो निकै नै प्रभावकारी भएको बताए ।