२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

नाट्यकर्मी संघ नेपालको तदर्थ समिति गठन

सोमवार , फाल्गुण ९, २०७८

रुपन्देही, ९ फागुन ।
लुम्बिनी प्रदेशभित्र अभिनय विधाका कलाकारहरुको वृहत भेलाले अभिनय तथा नाट्यकर्मी संघ नेपालको तदर्थ समिति गठन गरेको छ । बुटवलमा आयोजित भेलाले शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष बाबुराम घिमिरे, सचिवमा विजय पोखरेल, कोषाध्यक्षमा रेशम भण्डारी र सह–सचिवमा कृष्णा थापा बस्नेत चयन भएका छन् ।

समितिको सदस्यहरुमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, धुर्व पौडेल, नारायण थापा, कपिल अधिकारी, मिन प्रसाद देवकोटा र राज तिवारी रहेका छन् । सल्लाहकारहरुमा चिरन बराल, शेरसेर बहादुर गौतम, राधारमण अग्रहरी, काशीनाथ पन्थी, धुर्व घिमिरे र रेखा एम.सी रहेका छन् । 

छलफलमा कार्यक्रमका अध्यक्ष सान्तराम गिरीले लुम्बिनी प्रदेशभित्र विभिन्न स्थानमा छरिएर रहेका अभिनय तथा नाटक क्षेत्रसँग सम्बन्धित चलचित्र, टेलीचलचित्र, म्यूजिक भिडियो, नाटक अभिनय तथा नाटक लेखनसम्बन्धि विधामा काम गर्दै आएका कलाकारहरुको हकहित एवं आपसी समस्याको बाँडफाँड गर्दै संगठनात्मक हिसाबले अगाडि बढ्दै पेशा वा व्यवसायलाई मर्यादित र परिस्कृत बनाउँदै लैजानका लागि सबै कलाकारलाई एकजुट बनाउ अभिनयमा संलग्नका कलाकारहरुको हकहितका निमित्त स्थापना गरी कलाकारहरुको उद्दार गर्ने अभिप्रायले बुटवलमा अभिनय तथा नाट्यकर्मी संघ नेपालको स्थापना गरिएको  बताए ।

कार्यक्रममा विशिष्ट अतिथि रेखा यम सिले विभिन्न पेशाका संघ–संगठनहरु रहेको अभिनयकर्मीको संघ–संगठन नभएको बताए । पहिलो पटक बुटवलबाट सुरु गरिएकोमा संघको प्रगतिको कामना गर्ने उनको भनाइ थियो । कार्यक्रममा बाबुराम घिमिरे, शेर बहादुर गौतम, राधारमण अग्रहरी, कृष्ण थापा बस्नेत, काशीनाथ पन्थी लगायतले बोलेका थिए । चिरन बरालको स्वागत मन्तव्य तथा विजय पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।