२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

भैरहवाको एक कम्प्युटर पसलमा चोरी

सोमवार , फाल्गुण ९, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ९ फागुन ।
    भैरहवाको एक कम्प्युटरमा पसलमा गएराती चोरी भएको छ । सिद्धार्थनगर नगरपालिका–१२ आवारोडस्थित युएस कम्प्युटर एण्ड एक्सेसरिजमा सोमबार राती पौने १ बजे चोरी भएको हो । पसलका सञ्चालक अमन कुमार कलवारले पसलबाट करिब साढे ३ लाख बराबरको सामान चोरी भएको बताए ।

    ‘पसलमा जडान गरिएको सिसिटिभी क्यामेराको फुटेजमा करिब २३–२४ वर्षिय युवाले सामान बोकेर लगेको देखिएको छ । फुटेज अनुसार पसलबाट सामान चोरी गर्नका लागि सटर फोड्न ती व्यक्तिले करिब एक/डेढ घण्टा लगाएका छन्, ’उनले भने ।
    आवारोडको युएस कम्प्युटर एण्ड एक्सेसरिजबाट राती सामान चोरी भएको जानकारी पाएको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य सरोज ठकुरीले बताए ।

    हालै मात्र सञ्चालनमा आएको युएस कम्प्युटरमा गएराती भएको चोरीको घटनाले भैरहवाका व्यवसायीलाई त्रसित बनाएको मोबाइल व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.) ले बताए ।