
सोमवार , फाल्गुण ९, २०७८
भैरहवा, ९ फागुन ।
लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरको आयोजनामा सोमबारदेखि भैरहवामा पाँच दिने फोटोग्राफी कार्यशाला (तालिम) सुरु भएको छ । कार्यशालाको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष शार्दुल मयूर कसौधनले यस्ता तालिमले फोटोग्राफीसम्बन्धि जानकारी लिन थप मद्दत पुग्ने बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन क्लबलाई आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथ वर्ष २०२१÷२२ की अध्यक्ष तनु शर्मा कसौधन, लियो डिष्ट्रिक काउन्सिल ३२५ बी २ एरिया ४ का चिफ सुमन अधिकारी, सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्य तथा लियो प्रोग्रेसिभ सिद्धार्थनगरका सल्लाहकार सरोज ठकुरी लगायतले बोल्दै फोटोग्राफी कार्यशाला महत्वपूर्ण रहेको बताए ।
लियो प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष कमल परियारको अध्यक्षता, कार्यक्रम संयोजक पूर्ण गुरुङको स्वागत, सुस्मित वि.क.को ध्वजा अभिवादन, अंकित आचार्यको लियो प्रण तथा सचिव सुन्दर के.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यशालामा प्रशिक्षक पुर्ण गुरुङ, राहुल रेग्मी, आशिष श्रेष्ठ र हेमन्त श्रेष्ठले सहजीकरण गर्ने क्लबका कोष अभिवृद्धि संयोजक सुनिल खनालले बताए ।
फोटो स्टोरी, मिलिजुली प्रोडक्शन, मेरोग्राफी र मण्डप मेमोरिजको सहयोगमा भएको कार्यशाला फागुन १३ गतेसम्म सञ्चालन हुने क्लबले जनाएको छ । कार्यशालामा २० जनाको सहभागिता रहेको र सहभागिमध्ये उत्कृष्ट ३ जनालाई रोजगारीको समेत अवसर प्रदान गरिने क्लबका संस्थापक अध्यक्ष कमल परियारले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij