२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

रुपन्देही एफएमले मनायो १८ औं वार्षिक उत्सव 

आइतवार , फाल्गुण ८, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, ८ फागुन ।
    वातावरण बचाउ आन्दोलन रुपन्देहीद्वारा सञ्चालित सामुदायिक रेडियो रूपन्देही एफ.एम.१०२ मेगाहर्ज १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा रेडियोले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सो अवसरमा रेडियोका अध्यक्ष डा. राम प्रसाद बस्यालले समस्त श्रोता महानुभाव, विज्ञापनदाता, रेडियोका सदस्यहरू, पत्रकार, कर्मचारी, शुभचिन्तक सबैमा आभार व्यक्त गरेका छन् ।उनले देश विकास, समग्र मानव शक्ति र समाज रूपान्तरणमा सामुदायिक रेडियोले सशक्त भूमिका खेल्दै आवाजबिहीनहरूको आवाज बन्न सकोस् भन्ने शुभकामना गरे ।

    त्यसै गरी रेडियो सञ्चालक समिति सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सामूदायिक रेडियोलाई सबैले सहयोग गर्नुपर्ने बताए । उनले यस नगरको विकासमा रेडियोले महत्वपूर्ण भूमिका खेलेको बताए ।

    कार्यक्रममा रुपन्देही युवा समूहका संस्थापक तथा भैरहवा नमूना क्याम्पसका अध्यक्ष आनन्दप्रसाद गुप्ताले रेडियोको समाचार र कार्यक्रमले समाजमा सुसुचित गरेको बताए । सो अवसरमा उनंले रेडियोका कर्मचारीलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

    २०६१ साल फागुन ७ गते विधिवत प्रसारण सुरू गरेको एफ.एम.रेडियो १०२ मेगाहर्जमा सुन्न सकिन्छ भने विभिन्न सामाजिक सञ्जाल रूपन्देही एफ.एम.डटकम बाट पनि संसारभर सुन्न सकिने रेडियोका स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डेले बताए । बिहान ५ बजेदेखि राति ११ बजेसम्म १८ घण्टासम्म सञ्चालन हुने रेडियोमा रुपन्देही समाचार, भलाकुसारी, स्थानीय तथा राष्ट्रिय समाचार र चेतनामूलक कार्यक्रमहरु सञ्चालन तथा प्रसारण हुँदै आएका छन ।