
आइतवार , फाल्गुण ८, २०७८
भैरहवा, ८ फागुन ।
भैरहवा मर्निङ्गवाक ग्रुप (बीएमजी) ले निधानचन्द्र श्रेष्ठ स्मृति पुरस्कार स्थापना गरी वितरण गरेको छ । बीएमजीका सल्लाहकार स्व.निधानचन्द्र श्रेष्ठकी धर्मपत्नी मीना श्रेष्ठद्वारा स्थापित पुरस्कार आइतबार वितरण गरिएको हो । बीएमजीका अध्यक्ष ओमकार गौचनको अध्यक्षतामा भएको कार्यक्रममा बहिरा बाल माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत नवलपरासीका विद्यार्थी सुजित कुमार चौधरीलाई ८ हजार नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा बीएमजीका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले विद्यालयको बारेमा र पुरस्कार स्थापनाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक, अध्यक्ष लगायतले बोलेका थिए । कार्यक्रम बीएमजीका सचिव राजुनारायण श्रेष्ठले सञ्चालन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij