
आइतवार , फाल्गुण ८, २०७८
बुटवल, ८ फागुन ।
रोटरी क्लब अफ बुटवलको १४०२ औं बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा रोटरी इन्फर्मेशन रहेको थियो । रोटरी इन्फर्मेशनबारे लुम्बिनी वाणिज्य क्याम्पसमा सहप्राध्यापक रोम शर्माले बैठकमा जानकारी गराएका थिए । त्यस अवसरमा उनले रोटरीको इतिहास, यसको महत्व र उद्देश्यमाथि प्रकाश पार्दै स्वार्थ भन्दा माथि सेवा नै रोटरीको मुख्य उद्देश्य रहेको बताएका थिए ।
रोटरीले समाजसेवाको क्षेत्रमा पु¥याउँदै आएको योगदानबाट प्रभावित भएर धेरै मानिस रोटरीमा आबद्ध भएको भन्दै उनले हाल विश्वका २०० मुलुकमा रोटरी क्लवको स्थापना भएको र ३४ हजार क्लव क्रियाशिल रहेको जानकारी गराए । रोटरीमा सांगठनिक भेटघाट एवं परिवार–परिवारबीचको भेटघाट जस्ता कार्यक्रमले आपसी सदभाव र हार्दिकता बढाएको भन्दै उनले रोटरीले नेतृत्व क्षमताको अभ्यास गराउने बताए ।
बैठकमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तारानाथ भट्टराईले जिज्ञासा एवं सुझाव राख्दै रोटरी अभियानले मानिसलाई सामाजिक क्षेत्रमा अग्रसर बनाइरहेको बताए ।
क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले रोटरीले गरेका गतिविधिबारे चर्चा गर्दै रोटरी क्लव अफ बुटवलले अबको एक महिनाभित्रै ब्लड कलेक्शन मोबाईल भ्यान उदघाटन गर्ने र यसको तयारी भइरहेको जानकारी गराए । बैठकमा रोटरीयन बुद्धिमान थापाले पनि आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij