
शनिवार , फाल्गुण ७, २०७८
बुटवल, ७ फागुन ।
अलायन्स क्लब अफ सैनामैना, रुपन्देहीले राष्ट्रिय समाचार समितिका समाचारदाता युवराज पाण्डेलाई पुरस्कृत गर्ने भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा वर्षेनी एक जना पत्रकारलाई पुरष्कृत गर्ने परम्पराको थालनी गरेको क्लबले यस वर्ष उनलाई नगद र सम्मानपत्रसहित पुरष्कृत गर्ने आज निर्णय भएको अध्यक्ष दीपक काफ्लेले जानकारी दिए ।
पत्रकार पाण्डलेलाई उनले पत्रकारिता क्षेत्रमा लामो समयदेखि गरेको योगदानको कदर गर्दै सो पुरस्कार दिने घोषणा गरिएको अध्यक्ष काफ्लेले बताए । यस अघि सैनामैनाका अग्रज पत्रकार छवि पाण्डेलाई क्लबले पुरस्कृत गरेको थियो । उनलाई क्लबको पद हस्तान्तरण कार्यक्रममा सो पुरस्कार प्रदान गरिने छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij