
शनिवार , फाल्गुण ७, २०७८
भैरहवा, ७ फागुन ।
वातावरण बचाउ आन्दोलन रुपन्देहीद्वारा सञ्चालित सामुदायिक रेडियो रूपन्देही एफ.एम.१०२ मेगाहर्ज १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ ।
रेडियो रूपन्देही एफ.एम.ले विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाउँदैछ । सो अवसरमा रेडियोका अध्यक्ष डा. राम प्रसाद बस्यालले समस्त श्रोता महानुभाव, विज्ञापनदाता, रेडियोका सदस्यहरू, पत्रकार, कर्मचारी, शुभचिन्तक सबैमा आभार व्यक्त गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै देश विकाश, समग्र मानव शक्ति र समाज रूपान्तरणमा सामुदायिक रेडियोले शसक्त भुमिका खेल्दै आवाजविहीनहरूको आवाज बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
२०६१ साल फागुन ७ गते विधिवत प्रसारण सुरू गरेको एफ.एम.रेडियो १०२ मेगाहर्जमा सुन्न सकिन्छ भने विभिन्न सामाजिक सञ्जाल रूपन्देही एफ.एम.डटकमबाट पनि संसारभर सुन्न सकिने रेडियोका स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डेले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij