
बुधवार , कार्तिक ५, २०७७
भैरहवा, ५ कार्तिक ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्लको पीसीआर परीक्षण गराउँदा बुधबार रिपोर्ट पोजेटिभ आए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण भने नरहेको जसपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लाम खानले बताए ।
जसपाको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागका प्रमुख समेत रहेका शुक्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा रहेको खानले जानकारी दिए ।
पूर्वमन्त्री शुक्लले आफुसंग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह समेत गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij