२०८३, बैशाख १ गते

Apr 14 2026 | २०८३, बैशाख १ गते

देवदह खानेपानीको मुहान बाढीले क्षतिग्रस्त

प्रदेश मन्त्री चौधरीले गरे स्थलगत निरीक्षण 

शुक्रवार , फाल्गुण ६, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • बुटवल, ६ फागुन । 
    बाढीले क्षति पुगेको रुपन्देहीको देवदह खानेपानी आयोजनाको मुहानको शुक्रबार स्थलगत निरीक्षण गरिएको छ । बाढीले क्षतविक्षत पुर्याएको मुहानको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीसहितको टोलीले निरीक्षण गरेको हो । झण्डै १० किलोमिटर उत्तरमा रहेको मुहान पुग्न मन्त्रीसहितको टोलीलाई हिंडेर साढे १ घण्टा समय लगेको थियो । 

    वर्षादको समयमा खानेपानीको मुहानमा क्षति पुगेपछि उपभोक्तहरु पिउने पानीबाट वञ्चित हुनुपर्ने हो कि भन्ने चिन्तामा छन् । प्रदेश सरकारका मन्त्री चौधरीसहितको टोली सो स्थानमा पुगेर मुहान तत्काल मर्मतका लागि वजेटको प्रबन्ध गर्ने बताएपछि स्थानीयलाई राहत मिलेको छ ।

    देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, उपभोक्ता समितिका पदाधिकारीहरु, राजनीतिक दलका कार्यकर्ताहरुका साथै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका डिभिजन प्रमुख गुणनिधि पोख्रेल समेतको टोली निरीक्षणमा पुगेको थियो ।

    सो अवसरमा विभागीय मन्त्री चौधरीले पहाडको फेदिमा रहेको मुलको पानी उपभोक्ताहरुलाई वितरण गर्न सक्नु निकै महत्वपूर्ण रहेको भन्दै मुहान संरक्षणदेखि खानेपानी प्रबन्धका लागि सरकार कटिवद्ध रहेको बताए । दिनप्रतिदिन पानीका मुहानहरु सुकिरहेको बेला पहाडको फेदिमा रहेको मुलको पानी पाउनु देवदह क्षेत्रका वासिन्दा शौभाग्यशाली भएको मन्त्री चौधरीले बताए । अब बाढीले समेत बिगार्न नसक्ने गरी मुहान मर्मतको काम अघि बढाउनका लागि आफूले पहल गर्ने उनको भनाइ थियो । 
    सो अवसरमा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले खानेपानीका क्षेत्रमा देवदहकै सबैभन्दा ठुलो आयोजना देवदह खानेपानी रहेको भन्दै यसको मुहान संरक्षण तथा मर्मतका लागि प्रदेश सरकारले काम गरिदिनुपर्ने बताए । उनले पानी वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले सहजिकरण गर्दै आएको बताए । 

    khani pani nirichhyen  (3).jpg

    खानेपानी कार्यालयका प्रमुख गुणनिधि खनालले सरकारले बनाएको अहिलेको वजेटमा यो योजना नभएपनि नागरिकहरुको पिउने पानी बाढीले बिगारेको विषयमा मन्त्री ज्यु र मन्त्रालय संवेदनशील भएर आफै स्थलगत निरीक्षणमा आएको भन्दै सबैको सहयोजमा मुहानको संरक्षणको काम गर्नुपर्ने बताए ।