२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

रुपन्देहीबाट ८६ लाख बढीको अवैध सामान बरामद

शुक्रवार , फाल्गुण ६, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ६ फागुन ।
    रुपन्देही प्रहरीले ८६ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले बिहीबार बुटवल उपमहानगरपालिका–१ स्थित तिनाउ पुलमा लु १ ज ३१६७ नम्बरको पीकअप चेकजाँच गर्ने क्रममा उक्त पीकअपमा अवैध सामान फेला पारेको हो ।

    भारतबाट अवैध रुपमा ल्याउँदै गरेको १२ लाख मूल्य बराबरको १८८ जोर जुत्ता र १२९६ मिटर थान कपडा बरामद गरी पीकअप चालक सैनामैना नगरपालिका–२ का २८ वर्षिय कृष्ण थापा र पीकअपमा सवारी सैनामैना–२ का ३० वर्षिय तुलसी थारुलाई बरामद सामानसहित आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै बुटवल उपमहानगरपालिका–५ स्थित विकासपथमा रहेको उक्त अवैध सामान भण्डारण गर्ने गोदामलाई पहिचान गरी गोदाममा प्रहरी र राजस्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले छापा मारेको छ । 

    छापा मार्दा गोदामभित्र अवैध रुपमा राखिएका  ६ हजार १ सय ३४ जोर ३१ कार्टुन विभिन्न किसिमका जेन्स तथा लेडिज जुत्ताहरु, ५ हजार २ सय ५० जोर विभिन्न किसिमका जेन्स तथा लेडिज चप्पलहरु र ३२५ जोर सेण्डिल गरी ७४ लाख ८ हजार ६ सय बराबरको सामान बरामद गरिएको रुपन्देही प्रहरीले जनाएको छ । गोदाममा बरामद गरिएको सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले जानकारी दिए ।