२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

जेसीआई सिद्धार्थ लेडीमा पदस्थापन, अध्यक्षमा उप्रेती

शुक्रवार , फाल्गुण ६, २०७८

भैरहवा, ६ फागुन ।

जेसीआई सिद्धार्थ लेडी, नेपालको २६ औं पदस्थापन  कार्यक्रम बिहीबार भैरहवामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाको वर्ष २०२२ को लागि अध्यक्षमा निर्वाचित प्रकृति उप्रेतीसहित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गराइएको कार्यक्रम संयोजक मनिषा पाण्डे पोखरेलले बताइन् । २५ औ अधिवेशनबाट उप्रेती वर्ष २०२२ का लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

अध्यक्ष उप्रेतीलाई जेसीआई सिद्धार्थ लेडीकी पूर्व अध्यक्ष एवं निर्वाचन आयुक्त रचना क्षेत्री, पूर्वअध्यक्षहरु देवी न्यौपाने, मञ्जु शर्मा रेग्मी, पल्लवी न्यौपाने लगायतले पदस्थापन गराएका थिए ।

त्यस्तै वर्ष २०२२ को महासचिवमा सिर्जना पाठक र कोषाध्यक्षमा सिर्जना जोशी मनोनित भएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले जेसीजले सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।

विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।

IMG-20220217-WA0007.jpg

कार्यक्रममा नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालयका क्षेत्रीय प्रमुख शान्ति सुवेदी, जेसीआई सिद्धार्थ नेपालका पूर्वअध्यक्ष ओम कुमार श्रेष्ठ निर्वाचन आयुक्त तथा जेसीआई सिद्धार्थ लेडीकी पूर्वअध्यक्ष रचना क्षेत्री लगायतले बोल्दै जेसीजका क्रियाकलापलाई अझ व्यापक रुपमा अगाडी बढाउन आग्रह गरेका थिए ।