images

आइतवार, बैशाख १६ गते २०८१

७ करोडको गेट बन्दा किन बन्न सकेनन् शौचालय !

७ करोडको गेट बन्दा किन बन्न सकेनन् शौचालय !

images
images
images
बुधवार, फाल्गुण ४ २०७८
बुधवार, फाल्गुण ४ २०७८
  • ७ करोडको गेट बन्दा किन बन्न सकेनन् शौचालय  !

    भैरहवा। स्थानीय सरकारको रुपमा रहेको स्थानीय जनप्रतिनिधिको कार्यकाल अबको केही महिनामा सकिदैछ। सरकारले २०७९ वैशाख ३० गतेको लागि स्थानीय तहको निर्वाचन गर्नका लागि मिति घोषणा गरेको छ।

    images

    दलका नेताहरुले विभिन्न पदमा आकांक्षा प्रस्तुत गर्न थालेका छन्। चिया पसलदेखि चोकचोकमा आ–आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्। ५ वर्ष अगाडी चुनाव लड्दा दल तथा दलका नेताहरुले विभिन्न खाले घोषणापत्र बनाएर जनताको मत माग्दै जनताको घरदैलौमा पुगेका थिए। जनतासंग मत माग्न जाँदा हामी यसो गर्छौ, उसो गर्छाै भन्दै भोट मागेर नेतृत्वमा पुगेका जनप्रतिनिधिले ५ वर्ष सम्म कस्ता र कति काम गरे भनेर कामको लेखाजोखा गर्ने बेला आएको छ।

    निर्वाचन अघिसम्म जनतालाई सर्वस्व ठान्ने नेताले निर्वाचनपछि भने खासै चिन्दैनन्। नेताहरुको यो पुरानो रोग नै भइसक्यो। चुनाव अघि ५ वर्षमा काम गर्ने लिस्टको फेहरिस्त पेश गरेर नेतृत्वमा पुगेका नेताले स्थानीय तहमा अपेक्षित काम गर्न सकेनन्। त्यसमा पनि सिद्धार्थनगर नगरपालिकाकाले ५ वर्षमा खासै काम गर्न नसकेको नगरबासीको गुनासो छ। गरेका काममा पनि समर्थन भन्दा बढी नगरपालिका आलोचित हुन पुग्यो। 

    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको सतहमा देखिएका कामहरुलाई हेर्दा सिद्धार्थनगर निकै पछाडि देखिएको छ। रुपन्देहीको पूरानो नगरपालिकाले गरेका कामलाई सामान्य तुलना गर्दा खासै फरक नपर्ला। नगरपालिकाको मुल समस्याको रुपमा रहेको तथा नगरबासीले पटकपटक आवाज उठाउदा पनि नगरमा सार्वजनिक शौचालय बन्न नसक्दा हरेक कार्यक्रममा मेयरको आलोचना हुने गर्दछ। बेलहिया नजिक डण्डा नदी छेउमा ७ करोडको लागतमा पर्यटकीय गेट बनाएको नगरपालिकाले जनताको सामान्य मागलाई सम्बोधन गर्न किन नसकेको होला?

    यहाँका जनताले रातदिन शौचालयको विषयमा उठाएका आवाजलाई कुनै चासो दिएको छैन्। यो गज्जवको बिषय छ। रुपन्देहीको तिलोतमा नगरपालिकाले सडकको बीच बीचमा बायो सौचालय बनाउन सक्दा सिद्धार्थनगरलाई कुन कुराले रोक्यो? नागरिकले यसको उत्तर खोजी रहेका छन्। प्रशस्त जग्गा नहँुदा पनि शौचालय बनाउन सकिने उदाहरण तिलोत्तमाले दिइसकेको छ।

    सिद्धार्थनगरमा फोहर व्यवस्थापनको विषय पनि वर्षौदेखि बल्झिरहेको छ। फोहरको विषयले बेलाबेलामा उग्र रुप लिदा नगरवासीले दुर्गन्ध सहेर बस्नु परेको छ। यस विषयमा पनि नगरपालिकाले ठोस काम गर्न सकेन। पुरानो नगरपालिकाको रुपमा रहेको सिद्धार्थनगर व्यापार र व्यवसायिक हिसाबले अगाडी बढिरहेको छ, त्यो हिसाबले नगरपालिकाले आफ्ना विकासका कामलाई तीव्रता दिन सकेको देखिदैन। सिद्धार्थनगर नगरपालिकामा पार्किङको समस्या पनि पूरानै व्यथा यथावत छ। बाटोको दाँया बाँया सर्भिस लेनडमा पार्किङले बाटो जाम भएर सर्वसाधारणलाई आउजाउ गर्न निकै दुःख पाएका छन्। पैदलयात्रीको लागि बनाइएको पेटीमा नगर पालिकाले ग्रीन पलान्ट लगाएर पैदल यात्रुलाई हिड्नलाई समस्या भएको छ। तर नगरपालिका भने यी विषयमा मख्ख छ।

    बालबालिकाले खेल्ने, रमाउने स्थानलाई मासेर सरकारी बाल उद्यानलाई होटल पार्टी प्यालेस सञ्चालन गरेको छ। यसका कारण बालबालिकाहरु आफ्नो अधिकारबाट वञ्चित बनेका छन्। नगरप्रमुख लगायत जनप्रतिनिधिलाई विभिन्न कार्यक्रममा जादै भाषण दिदै ठिक्क छ। भैरहवा मर्निङवाक गु्रपका सस्थापक अध्यक्ष बिजय सागरले नगरापालिकाले ५ बर्षको अबधिमा खासै काम गर्न नसकेको बताउछन्। उनले बिभिन्न कार्यक्रममा बोल्दै नगरपालिकाले जनताको हितका लागि भन्दा पनि आफुहरुको हितका लागि काम गर्ने गरेको टिप्पणी गर्ने गरेका छन्। नगरपालिकामा प्रयाप्त मात्रामा सौचालयहरु छैनन् उनले भने नगरपालिकाले ७ करोड खर्चेर गेट बनाउन पछाडि हट्दैन। 

    व्यवसायि गौरब श्रेष्ठले नगरपालिकाले जनताको आबश्यकताका आधारमा काम गर्न नसकेको बताए। उनले जनताले अनुभुति हुने खालका कार्यक्रम गर्न नसकेको बताउदै आफु अनुकुलका काम गरेको बताए। जनताका समस्या आफ्ना समस्या भनी पाँच वर्ष अगाडी भोट मागेका प्रतिनिधिहरु कुन मुख लिएर जनताको घरदैलोमा आउने होलान्? सर्वसाधारण यसको पर्खाइमा छन्। नजिकैको तिलोतमा नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत हुदा सिद्धार्थ नगरपालिका भने आलोचित बनेको छ।

     
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij