
मंगलवार , कार्तिक ४, २०७७
भैरहवा, ४ कार्तिक ।
रुपन्देहीमा मंगलबार थप १५८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ६९ जना महिला र जना ८९ पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका ६५, सिद्धार्थनगर नगरपालिकाका ४४, तिलोत्तमा नगरपालिकाका २७, देवदह नगरपालिकाका ८, सम्मरीमाई गाउँपालिकाका ४, सैनामैना नगरपालिका, ओमसतिया र मायादेवी गाउँपालिकाका २/२, मर्चवारी, रोहिणी, गैडहवा र कञ्चन गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यो संगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ हजार १ सय ६० पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
जिल्लामा हालसम्म २ हजार ९ सय ६६ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै रुपन्देहीमा २ हजार १ सय ४१ जना कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म ५३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij