images

शुक्रवार, चैत्र १६ गते २०८०

होटल लाकौलमा मापदण्ड विपरीत क्यासिनो संचालन

होटल लाकौलमा मापदण्ड विपरीत क्यासिनो संचालन

images
images
images
सोमवार, फाल्गुण २ २०७८
सोमवार, फाल्गुण २ २०७८
  • होटल लाकौलमा मापदण्ड विपरीत क्यासिनो संचालन

    भैरहवा, २ फागुन । भैरहवामा रहेको ह्याप्पी आवर प्रालीद्वारा सञ्चालीत ह्याप्पी आवर गेमिङ क्लव (मिनि क्यासिने) अबैध रुपमा सञ्चालनमा आएको पाईएको छ। ह्याप्पी आवरले क्यासिनो नियमावली २०७० को संसोधित २०७६ अन्तरगतको मापदण्ड पुरा नगरी अबैध रुपमा क्यासिनो सञ्चालन गरेको पाईएको हो। 

    images
    images
    images

    संसोधित नियमावली अनुसार मिनि क्यासिनो सञ्चालनका लागि ४ तारे होटल हुनु पर्ने हुन्छ भने १५ करोड रुपैया चुक्ता पुजी हुनपर्ने हुन्छ। तर, भैरहवामा सञ्चालीत ह्याप्पी आवर क्यासिनो २४ कोठा भएको होटल लाकौलमा सञ्चालनमा रहेको छ। जुन होटल स्तर बर्गिकरणमा परेको छैन्। 
    २६ माघ, २०७८ मा पर्यटन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट पर्यटन विभागले नेपालगंज स्थित ड्रिमल्याण्ड होटलमा संचलित ह्याप्पी आवर प्रालि अनतरगतको क्यासिनो र उक्त होटल बन्द गर्न पत्राचार गर्यो। 

    तर, उहि कम्पनीले भैरहवामा मापदण्ड पुरा नगरी सञ्चालन गरेको क्यासिनोतर्फ भने कसैको ध्यान पुग्न सकेको छैन्। सरकारलाई बुझाउनु पर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रुपैया रकम नबुझाएको भन्दै पर्यटन बिभागले नेपालगञ्जमा रहेको ड्रिमल्याण्ड होटल र ह्याप्पी आवर  क्यासिनो बन्द गर्न निर्देशन दिएको हो। 

    IMG-20220213-WA0000.jpg
    नेपालगंज स्थित ह्याप्पी आवर क्यासिनो र होटल ड्रिमल्याण्ड बन्द गर्ने पर्यटन विभागको पत्र । 

    क्यासिनो नियामवली २०७० जारीभए पश्चात कतिपय क्यासिनो व्यवसायीले नियमावली अनुसार क्यासिनो संचालन गर्न असन्तुष्टि देखाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरी अन्तिरम आदेशको भरमा क्यासिनो चलाउँदै आएका छन्। त्यस यता अहिलेसम्म अधिकांश क्यासिनो अन्तिरम आदेशको भरमै संचालनमा छन्। 

    तर, हालै पर्यटन मन्त्री प्रेम बहादुरले आलेले रोयल्टी लगायतको दस्तुर नबुझाउने क्यासिनो कम्पनीलाई बन्द गर्ने निर्णय गरेपछि ह्याप्पी आवर प्रालि बन्द हुन पुगेको हो।

    रोयल्टी, इजाजत नवीकरण दस्तुर साथै स्तर वर्गिकरण नै नभएको होटलमा सञ्चालनमा रहेको देखाउँदै नेपालगंजमा रहेको होटल र क्यासिनो बन्द गरिएता पनि भैरहवामा संचालित सोही कम्पनीको क्यासिनो भने निर्वाध संचालनमा छ। 

    स्तर बर्गिकरण नभएको होटलमा क्यासिनो संचालन गर्न पाइदैन। तर, पर्यटन विभागले नेपालगंजमा रहेको क्यासिनो र होटल बन्द गर्दा भैरहवाको लागि छुट दिइएको छ। जबकी यो पनि सोही प्रकृतिको छ। यसले क्यासिनो संचालनमा बेथिती निम्ताउँदै गएको सरोकारवालाहरु बताउँछन्।

    भैरहवाको ह्याप्पी आवर क्यासिनो २४ कोठा भएको होटल लाकौलमा संचालित छ, जुन कानुनतः पुर्ण रुपमा अबैध छ। पर्यटन बिभागले ह्याप्पी आवरको एउटा क्यासिनो बन्द गराएर अन्य तीन स्थानका सञ्चालन गर्न दिएको छ। छोरी कुटेर बुहारी तर्साउने झै गरेर बिभागले एउटा बन्द गराएर ह्याप्पी आवरसंग ‘सेटिङ’ मिलाउन खोजेको क्यासिनो क्षेत्रका जानकार बताउछन्। 

    भैरहवामा संचालित ह्याप्पी आवर क्यासिनोको बिषयमा पर्यटन बिभागका महानिर्देशक तारानाथ अधिकारी बेखबर भएको जानकारी दिए। उनले पर्यटन बिभागले क्यासिनो सम्बन्धी फाईल पर्यटन मन्त्रालयमा पेश गरेको बताउदै यस सम्बन्धी मन्त्रालयमा बुझ्न भन्दै उनी यस बिषयमा धेरै बोल्न चाहेन्न। पर्यटन मन्त्रालयका प्रबत्ता डा. टोकराज पाण्डेलाई पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्। 

    ह्याप्पी आवरको भैरहवा स्थित क्यासिनोका महाप्रबन्धक खिल बहादुर खनालले बाँकी रहेको रोयल्टी लगायत दस्तुर कम्पनी बुझाउने प्रक्रियामा रहेको बताए। उनले २४ कोठा भएको होटल लाकौलमा कानुनतः क्यासिनो संचालन गर्न नमिल्ने स्विकार गरे।

    रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेले मापदण्ड बिपरित सञ्चालनमा रहेका कुनै पनि क्यासिनो बन्द गरिने जानकारी दिए। क्यासिनोको सम्बन्धमा सुचना प्राप्त भयो, एसपिसापसंग समन्वय गरेर अगाडि बढ्छौ, मापदण्ड बिपरित सञ्चालनमा रहेको पाईए तत्काल बन्द गर्छौ। 

    ह्याप्पी आवर प्रालिले रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायत नबुझाउँदा नेपालगंजको क्यासिनो बन्द गर्ने पर्यटन विभागले भने सोही प्रालि अन्र्तगत महेन्द्रनगरको होटल डायमण्ड प्यालेस, भैरहवाको होटल लाकौल र काँकडभिट्टाको होटल ढाकामा संचलित क्यासिनो भने बन्द गरेको छैन। जुन अवैध रुपमा संचालित छन्।

    यसको साथै एउटा कम्पनीले एउटा क्यासिनो मात्र संचालन गर्नुपर्ने प्रावधान छ। तर, ह्याप्पी आवरले यस प्रावधानलाई समेत लत्याउँदै चार स्थानमा क्यासिनो संचालन गर्दै आएको छ। ह्याप्पी आवर मात्र नभई रक इन्टरनेश्नल प्रा.लि र सेन्ट्रल मिडिया ग्रुप प्रा.लि (सिएमजी) ले पनि प्रावधानलाई लत्याउँदै चार / चार स्थानमा क्यासिनो संचालन गर्दै आएको छ। जबकी यी क्यासिनोहरुले पनि राजश्व बुझाएका छैनन्।

    ०६७ मा दर्ता भएको ह्याप्पी आवर प्रा.लिको सुरेन्द्र बहादुर सिंह, शारदा देवी सिंह र करुणासिंह मल्लको हो। ०६६ सालमा दर्ता भएको रक इन्टरनेश्नलले धनगढीको होटल साथी, विरगंजको होटल सूरज, भैरहवाको होटल बोधी रेडसन र काँकडभिट्टाको होटल रियाजमा क्यासिनो संचालन गर्दै आएका छन्। यो क्यासिनो कम्पनी किशोर सिलवाल र सिलवालकी श्रीमती उषा सिलवाल थापाको हो।

    त्यस्तै ०६५ सालमा दर्ता भएको सिएमजीले महेन्द्रनगरको होटल ओपेरा, रुपन्देहीको होटल ड्रिमल्याण्ड, विरगंजको होटल भिसुवा र विराटनगरको होटल रत्नमा क्यासिनो संचालन गरेको छ । यो क्यासिनो कम्पनी पूर्व सांसद नरेन्द्र शाह कलवार (तेली) को हो। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij