images

शुक्रवार, बैशाख २१ गते २०८१

ब्रेकफेल हुँदा पल्टियो एभरेस्ट बोर्डिङको बस, विद्यार्थीसहित १० घाइते

ब्रेकफेल हुँदा पल्टियो एभरेस्ट बोर्डिङको बस, विद्यार्थीसहित १० घाइते

images
images
images
आइतवार, फाल्गुण १ २०७८
आइतवार, फाल्गुण १ २०७८
  • ब्रेकफेल हुँदा पल्टियो एभरेस्ट बोर्डिङको बस, विद्यार्थीसहित १०  घाइते

    बुटवल, १ फागुन । 
    विद्यार्थी बोक्न हिडेको एभेरेष्ट बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बुटवल उपमहानगरपालिका–४ स्थित ज्योतिनगरमा आइतबार बिहान विद्यार्थी बोकेको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस ब्रेक फेल भएर दुर्घटनामा परेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले बताए ।

    images
    images
    images

    घाइतेमध्ये ८ जना विद्यार्थी, चालक र सह–चालक गरी १० जना घाइते भएको प्रहरी प्रवक्ता खाँणले बताए । घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको उनले बताए ।  घाइतेमध्ये ३ जना विद्यार्थी, चालक र सह–चालकको अवस्था मध्यम रहेको र अन्य बाँकी ५ जना विद्यार्थीको अवस्था सामान्य रहेको प्रवक्ता खाँणले बताए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij