२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

पत्रकार विवेक विश्वकर्माले जिते कोरोना

सोमवार , कार्तिक ३, २०७७

भैरहवा, ३ कार्तिक ।
पत्रकार विवेक विश्वकर्मा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सोमबार मुक्त भएका छन् । २१ औं दिनमा पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै उनी कोरोना मुक्त भएका हुन ।  कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका थिए । तर उनलाई कोरोना संक्रमण सम्बन्धि कुनै लक्षण भने देखिएको थिएन ।

विगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल विश्वकर्मा माउण्टेन टेलिभिजनको रुपन्देही संवाददाता र उज्यालो सन्देश अनलाइनमा कार्यकारी सम्पादक हुन् । उनी लुम्बिनी प्रेस क्लबको कार्यसमिति सदस्य, दलित पत्रकार संघ लुम्बिनी प्रदेशको सदस्य, मधेशी पत्रकार समाज नेपाल रुपन्देहीको कार्यसमिति सदस्यको जिम्मेवारीमा समेत छन् । 

‘सरकारले तोकेको मापदण्डमा नै रही सुरक्षित तरिकाले होम आइसोलेशनमा बसी कोभिड–१९ लाई जित्न सफल भएको छु, मेरो घरपरिवारको पनि पीसीआर रिपोर्ट नेगेटिभ आएको छ , विश्वकर्माले भने ।’

सामाजिक संजाल फेसबुकमार्फत उनले रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखाका सम्पूर्ण स्वास्थ्यकर्मी तथा हौसला प्रदान गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । कोभिड–१९ लाई हल्का रुपमा नलिन विश्वकर्माले आग्रह गरेका छन् ।