२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

बुटवल साईक्लिङ गठन

आइतवार , कार्तिक २, २०७७

बुटवल, २ कार्तिक ।
लकडाउनका कारण रुपन्देहीमा साईकल क्रेज बढेको छ । यो संगै साइक्लिष्टहरु एकतावद्ध भई साईकलमैत्री पूर्वाधार, दुर्घटना बिमा तथा प्रतियोगिता आयोजना गर्नेतर्फ अग्रसर भएका छन । 

शनिबार बुटवलमा बसेको युवाहरुको भेलाले बुटवल साईकल ग्रुप गठन गरेको छ । जसको अध्यक्षमा शिव चौधरी, उपाध्यक्षमा चन्द्र सुवेदी, सचिवमा धनु जिसी, सह–सचिवमा राम लम्साल, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठ तथा सदस्यहरुमा आशिष राना, अर्जुन पुलामी, समिर रहान, सन्जय परियार, अमित गुप्ता, सबिन थापा, सुरज तामाङ, नर्सिम कुमाल, विकास खड्की, रस्वीन श्रेष्ठ र सल्लाहकारमा जगदिश मगर रहेका छन । 

कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापाले नवगठित टिमलाई बधाई तथा शुभकामना दिदै एकतावद्ध भएर लाग्न सुझाव दिए । साईकल चलाउँदा शारीरिक रुपमा मात्र नभइ पर्यावरण जोगाउने एउटा अभियानका रुपमा समेत रहेको उनले बताए । कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधार, ह्याप्पी क्लबका उपाध्यक्ष किरण श्रेष्ठले रचनात्मक कार्य गर्दै अघि बढ्न सुझाव दिए ।