images

शुक्रवार, बैशाख २१ गते २०८१

मेयर शाह कांग्रेसमा प्रवेश गर्दा कनौडियाको किन दुख्यो टाउको ?

मेयर शाह कांग्रेसमा प्रवेश गर्दा कनौडियाको किन दुख्यो टाउको ?

विज्ञप्ती निकालेर पार्टी कमजोर पार्ने दाउमा संस्थापनका नेताहरु

images
images
images
आइतवार, माघ २३ २०७८
आइतवार, माघ २३ २०७८
  • मेयर शाह कांग्रेसमा प्रवेश गर्दा कनौडियाको किन दुख्यो टाउको ?

    भैरहवा, २३ माघ ।
    कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख (मेयर) रजत प्रताप शाह शनिबार सयौ कार्यकर्तासहित नेपाली कांग्रेसमा प्रवेश गरे । उनी पार्टी प्रवेश गर्ने सुचना बाहिरिएपछि कांग्रेसजनमा निकै उत्साह छाएको थियो । उनलाई स्वागत गर्न कांग्रेसका कार्यकर्ता निकै आतुर थिए । सोहीअनुरुप शनिबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, प्रतिनिधिसभा सदस्य अभिषेक प्रताव शाह लगाएतका नेताले उनालाई फूलमाला लगाएर पार्टीमा प्रव्ेश गरँउ । पुन र शाहले उनीसहित ४ जना निर्वाचित वडाअध्यक्षलाई पार्टीमा प्रवेश गराएका थिए। सो अवसरमा १ हजार १७ जना पार्टी प्रवेश गरेका थिए । 

    images
    images
    images

    उनलाई पार्टी प्रवेश गराएको १२ घण्टा बित्न नपाउँदै आफुलाई कांग्रेसको संस्थापन समूहको नेता बताउने केही व्यक्तिले पार्टीभित्र विवाद सृजना गरेका छन् । संस्थापन समूहलाई जानकारी नै नदिइ उनलाई संस्थापनइतर समूहले पार्टीमा प्रवेश गराएको भन्दै त्यो समूहका नेताहरू आपत्ति जनाउँदै सार्वजनिक रूपमै विरोधमा उत्रिएका छन् ।

    संस्थापन समूहको विरोधसहितको विज्ञप्ती सार्वजनिक गर्ने कार्यमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्रकुमार कनौडिया लगायत केही नेताको हात रहेको समाचार श्रोतको दावी छ । कार्यक्रममा संसदीय दलका नेता कनौडिया अनुपस्थित थिए । कनौडियालाई कार्यक्रमको संयोजन गर्ने जिम्मा दिए पनि उनले कुनै चासो नदेखाई आन्तरिक कलह उत्पन्न गराउन भूमिका खेलेको समाचार श्रोतको दावी छ । 

    स्थानीय तहको निर्वाचनमा टिकट नपाएपछि बागी उठेर विजयी भएका कृष्णनगर नगरपालिकाको प्रमुख रजत प्रताप शाहलाई पार्टी प्रवेश गराउँदा सिनियर नेताको अपमान भएको उनीहरूको आरोप छ । तर, उनीसहित सयौ कार्यकर्तालाई पार्टी प्रवेश गर्दा संस्थापन समूह कमजोर हुने र आफु निकटका व्यक्तिले आउँदो निर्वाचनमा टिकट नपाउने देखेर रोइलो मच्चाएको बुझिएको छ ।  तत्कालीन मधेशी जनअधिकार फोरम, नेपालबाट टिकट नपाएपछि उनी बागी लडेर नगरप्रमुखमा विजयी भएका थिए । 

    पार्टी प्रवेशको विषयमा नेपाली कांग्रेस संघीय क्षेत्रीय समिति, प्रदेश क्षेत्रीय समितिलाई समेत जानकारी नभएको क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले बताए। जिल्ला समितिले शाहको घरमै गएर पार्टी प्रवेश गराएपछि ३ नम्बर क्षेत्रीय सभापति, ३ (ख) प्रदेश सभापति तथा कृष्णनगर नगर सभापतिले हस्ताक्षर गरेर प्रेस विज्ञप्ति समेत जारी गरेका छन् ।

    272619409_485052356299634_3864853467048867455_n.jpg
    नेपाली कांग्रेस संघीय क्षेत्रीय समितिले निकालेकाे विज्ञप्ति

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको आयोजनामा कृष्णनगर नगरपालिका वड़ा नम्बर ८ बहादुरगंज रजत प्रताप शाहको घरमा पार्टी प्रवेश कार्यक्रम रहेको भन्ने सुन्नमा आएको खबरप्रति नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर ३ को गम्भीर ध्यानाकर्षण भएको छ। यसरी क्षेत्रीय कार्य समिति, प्रदेश कार्य समिति ३ (ख) र कृष्णनगर नगरकार्य समितिलाई जानकारी नगराइ व्यक्तिगत रजत प्रताप शाहको घरमा गई पार्टी प्रवेश गराउनु आपत्तिजनक मात्र नभइ घोर निन्दनीय पनि रहेको छ। सिंगो पार्टीकै प्रतिष्ठामाथि आँच आउने गरी गरिएको यस कार्यको नेपाली कांग्रेस क्षेत्रीय, प्रदेश ३ (ख) र कृष्णनगर नगर समितिले घोर भ्रत्सना गर्दछ।’

    पार्टीलाई बलियो र एकढिक्का बनाउनुको साटो विज्ञप्ती जारी गरेर पार्टीभित्र आन्तरिक कलह निकालेका छन् । संस्थापन समूहको गुट कमजोर हुने देखिएपछि क्षेत्रीय समितिका नेतामा छटपटाहट सुरु भएको छ ।

    नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संसदीय दलका नेता कनौडियासहित, क्षेत्रीय र नगर समितिलाई खबर गरेरै कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराएको बताए । उनले लामो समयसम्म संसदीय दलका नेता कनौडिया, क्षेत्रीय समिति र नगर समितिलाई कार्यक्रमको आयोजना गर्न भने पनि कुनै सुनुवाई नगरेपछि जिल्ला समितिले कार्यक्रमको आयोजना गरी पार्टी प्रवेश गराइएको बताए । संस्थापन समूहले निकालेको विज्ञप्तीलाई सिंगोलाई कमजोर बनाउने खेलबाहेक केही नभएको बताए । 


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij