
आइतवार , कार्तिक २, २०७७
न्यूरो तथा ट्रमालाई मुख्य प्राथमिकता दिएर सञ्चालन गरिएको बुटवलको श्री तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.ली.ले स्थापनाको एक वर्ष पुरा भएको अवसरमा बिरामीको उपचारमा बिशेष छुट योजना अंगाडी बढाएको छ ।
हाडजोर्नी तथा ट्रमा, नशा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री तथा प्रसुती, जनरल तथा यूरो सर्जरी, नाक, कान, घाँटी, म्याक्सीयोफेसियल सर्जरी, बालरोग तथा फिजियोथेरापी लगायतका उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले बिरामीको उपचारमा एक महिने बिशेष छुट योजना अंगाडी बढाएको हो ।
गत वर्ष कात्तिक १ गते औपचारिक रुपमा स्थापना गरिएको उक्त अस्पतालले स्थापनाको एक वर्ष पुरा भएको अवसरमा यो वर्ष कात्तिक महिनाभरी ल्याव परिक्षणमा २० प्रतिशत, वेडमा १० प्रतिशत र औषधीमा ५ प्रतिशत छुटको घोषणा गरेको हो ।
अस्पतालले शनिबार एक प्रेस विज्ञप्ती प्रकाशित गरि एकको सेवा अवधिमा बिभिन्न ढंगले सहयोग गर्ने, हौसला प्रदान गर्ने, सुभेच्छुकहरु, सेवाग्राही, चिकित्सक स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सञ्चालक समिति र लगानीकर्तालाई समेत धन्यवाद ज्ञापन गरेको छ ।
अस्पताल सञ्चालनको एक वर्षको अवधिमा धेरै आरोह अवरोहको समेत सामना गर्नु परेको उल्लेख गर्दै त्यसका बावजुध अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको सेवाभावकै कारण सेवालाई अविछिन्न सञ्चालन गर्न सफल भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
२०७६ साल कात्तिक १ गते औपचारिक रुपमा अस्पतालले सेवा सुरु गरेको थियो । यसबिचमा विश्वमा महामारीको रुपमा फैलिएका कोरोना भाईरस (कोभिड १९) का बिच पनि अस्पताल आफ्नो सेवाको दायित्वबाट नपन्छिएको र शल्यक्रियाकै क्रममा कोरोना भाईरस संक्रमण पुष्टि हुँदा पनि चिकित्सक तथा स्वास्थ्यकर्मी कर्मचारीहरुले देखाएको शाहसले स्रहानीय रहेको र उक्त कार्यले सञ्चालक समितिलाई समेत थप जिम्मेवार बनाएको अस्पतालका अध्यक्ष चिरञ्जिवी जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij