२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

राप्रपा वरिष्ठ नेता दिपक बोहरालाई कोरोना संक्रमण

आइतवार , कार्तिक २, २०७७

भैरहवा, २ कार्तिक । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहरालाई कोरोना संक्रमण पुष्टि भएको छ । बोहराको पीसीआर परीक्षण गराउँदा शनिबार रिपोर्ट पोजेटिभ आए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण भने नरहेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका उपाध्यक्ष एवं बोहराका राजनीतिक सल्लाहकार निराजन बमले बताए ।

पूर्वमन्त्री बोहरासंगै उनको श्रीमती प्राज्ञ उन्नति बोहरा बोहरा ‘शिला’ लाई कोरोना संक्रमण पुष्टि भएको बमले जानकारी दिए । उनलाई पनि कोरोनासम्बन्धि कुनै लक्षण देखिएको छैन् । संक्रमण पुष्टि भएपछि उनीहरु होम आइसोलेशनमा बसेका छन् ।
पूर्वमन्त्री बोहराले आफुसंग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह समेत गरेका छन् ।