२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

सन्जयलाई साईक्लिङ रेसको उपाधि

शनिवार , कार्तिक १, २०७७

बुटवल, १ कार्तिक ।
ह्यप्पी साईक्लिङ क्लबको आयोजनामा भएको पहिलो क्रस कन्ट्रि रेस फेस्टिबल साईक्लिङ च्यालेन्ज २०२० को उपाधि बुटवलका सन्जय परियारले चुमेका छन । शनिबार भएको रेसमा २६ जनालाई पछि पार्दै उनले २०.१९ मिनेटमा रेस पूरा गर्दै उपाधि चुमेका हुन । 

उपाधिसंगै उनले नगद ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेका छन । बुटवलकै समीर रायनले २१.३४ मिनेटमा दुरि पार गर्दै दोस्रो हुँदै नगद ३ हजार ३ सय ३३ रुपैया प्राप्त गरे । दुवै जना बुटवल साईक्लिङ ग्रुपमा आवद्ध छन । 

त्यसै गरी बुटवलकै सृजन श्रेष्ठले २५.३३ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन । उनले नगद १ हजार १ सय ११ रुपैया प्राप्त गरेका छन् । भिक्टर फुड र लेभिस लञ्च एण्ड बार तथा एफोर्डेबल क्लोथिङ स्टोरको मुख्य प्रायोजन भएको प्रतियोगिताको बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले उद्घाटन गर्दै स्वस्थ्य रहन साईक्लिङ महत्वपूर्ण हुने बताए । 

एक कार्यक्रमकाबीच रुपन्देही जिल्ला साईक्लिङ संघका अध्यक्ष पुकार थापा, क्लबका अध्यक्ष सुमन श्रेष्ठ, कार्यक्रम संयोजक किरण श्रेष्ठ, बुटवल युनाईटेडका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउका अर्जुन गुरुङले पुरस्कार बितरण गरेका थिए ।