२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

न्यु लाईट पूर्व विद्यार्थी समाजद्धारा रक्तदान

शनिवार , कार्तिक १, २०७७

तिलोत्तमा, १ कार्तिक । 
न्यु लाईट स्कूल पूर्व विद्यार्थी समाजले शनिबार रुपन्देहीको शंकरनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । न्यु लाईट स्कूलमा आयोजित सो कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । 

कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलिइरहेको अवस्थामा कोरोना लगायत अन्य कुनै पनि रोग र दुर्घटनाका कारण आवश्यक पर्ने रगत अभाव हुन नदिन समाजले स्थापनापश्चातको पहिलो सामाजिक कार्य स्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

समाजका संयोजक नितेश खरेलको अध्यक्षता, न्यु लाइट स्कूल व्यवस्थापन समितिका अध्यक्ष खड्क बहादुर गौतमको प्रमुख आतिथ्यता र विद्यालयका प्राचार्य रमेश ज्ञवालीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम आकाश पन्तको स्वागत र सागर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको प्राविधिक सहयोग रहेको थियो । 
कार्यक्रममा सहभागिपुर्व विद्यार्थीहरुले सो समुहलाई विद्यालयको हितका लागि रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता जनाएका थिए ।