
शनिवार , कार्तिक १, २०७७
भैरहवा, १ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक एसपी प्रवीण पोखरेलले प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भएकोले त्यसमा नागरिकको पनि सहयोग आवश्यक रहेको बताए । उनले अपराध नियन्त्रणका लागि नागरिकले प्रहरीलाई सूचना दिएर सहयोग गर्नुपर्ने बताए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ अन्तर्गत १८ वटा क्लबले संयुक्त रुपमा शनिबार भैरहवामा आयोजना गरेको स्वागत र सम्मान तथा बडादशैं, तिहार, नेपाल सम्वत ११४१ तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एसपी पोखरेलले यस क्षेत्रका नागरिक तथा संघ–संस्थाको सहयोगको अपेक्षा आफुले गरेको बताए । उनले भने, मैले आफ्नो दायित्व पुरा गर्नेछु, मैले आफुलाई नियम र परिधिभित्र राख्छु । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको पालना गर्न उनले आग्रह गरे । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लबले गरेको स्वागत र सम्मानले आफुले थप जिम्मेवारी थपिएको अनुभुति गरेको बताए । रुपन्देही जिल्लाको बसाईमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्नको लागि यहाँका नागरिकको सहयोगको आफुले अपेक्षा राखेको उनको भनाइ थियो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका एभ्यालुयसन टिम हेड विनोद खरेलले लकडाउन सुरु भएपछि अस्पतालमा रगतको अभाव हुँदा लायन्सले रक्तदानको आयोजना गरेको बताए । उनले आर्थिक अभावका कारण उपचारमा समस्या आएका विपन्न परिवारलाई लायन्सले आर्थिक रकम प्रदान गरेको बताए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले कोभिड–१९ ले विश्वलाई आक्रान्त पारेको बेला पनि लायन्सको गतिविधि नरोकिएको बताए । उनले कोभिडको बेला लायन्सले सेवाको हात अगाडी बढाएको र आगामी दिनमा पनि निरन्तरता दिदै जाने बताए ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्रेटेजिक चिफ ओम कुमार श्रेष्ठले भैरहवाका नागरिक अत्यन्तै शालिन रहेको बताए । उनले सामाजिक उत्तरदायित्वका कार्यमा लायन्सले उदाहरणीय कार्य गरेको चर्चा गरे ।
लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका डिष्ट्रिक चेयरपर्सन दिपक कौशलले लायन्सले निरन्तर सामाजिक कार्यहरु गर्दै आएको बताए । उनले राज्य पुग्न नसकेको स्थानमा लायन्स पुगेको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटस वर्ष २०२०/२१ की अध्यक्ष दुर्गा आचार्यले सुरक्षा निकायसंग समन्वय र सहकार्य गर्दै लायन्सले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताइन् ।
लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०/२१ का अध्यक्ष एमजेएफ अरुण कुमार मिश्राले शान्ति सुरक्षामा प्रहरी दिनरात खटेको बताए । उनले प्रहरी÷प्रशासनसंग समन्वय गरेर लायन्सले सेवाको हात अगाडी बढाएको बताए ।
कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ भैरहवा लुम्बिनीका संस्थापक अध्यक्ष रवि कुमार रौनियारको स्वागत, लायन्स क्लब अफ क्रियटिभ लेडी वर्ष २०२०÷२१ की अध्यक्ष देवी न्यौपानेको ध्वजा अभिवादन, लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडिजकी अध्यक्ष अञ्जु जैसीको धन्यवाद ज्ञापन तथा लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी वर्ष २०२०/२१ का अध्यक्ष देवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल, लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी, लायन्स क्लब अफ मिडटाउन कोटिहवा, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियल, लायन्स क्लब अफ सिद्धार्थनगर क्रियटिभ लेडी, लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध, लायन्स क्लब अफ भलवारी, लायन्स क्लब अफ भलवारी सिटी, लायन्स क्लब अफ भैरहवा लुम्बिनी, लायन्स क्लब अफ मर्चवार युथ, लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी, लायन्स क्लब अफ सिद्धार्थनगर नोबल लेडिज, लायन्स क्लब अफ सिद्धार्थनगर डाइनामिक टिचर र लायन्स क्लब अफ रोहिणी युथको आयोजनामा कार्यक्रम सम्पन्न भएको लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij