२०८२, भाद्र १ गते

Aug 17 2025 | २०८२, भाद्र १ गते

बुद्धजयन्ती अगावै विमानस्थल सञ्चालनमा ल्याउन मन्त्री आलेको निर्देशन 

शनिवार , माघ १५, २०७८

  • 8.3K
    Shares
  • 8.3K
    Shares
  • भैरहवा, १५ माघ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले बुद्ध जयन्ती भन्दा अगाडि नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन्। 

    शनिबार विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले अहोरात्र खटेर भए पनि बुद्ध जयन्ती अघि नै विमानस्थल सञ्चालनमा ल्याउन आयोजना तथा नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिए । आफू पर्यटनमन्त्री भएकाले यो विमानस्थल छिटो सञ्चालनमा ल्याउन चाहेको उनले बताए ।

    उनले मौसम सफा हुनासाथ क्यालिब्रेशन फ्लाइट हुने बताए । क्यालिब्रेशन फ्लाइट भएपछि विमानस्थल सञ्चालन हुने वातावरण बन्छ, उनले भने । विश्वकै ध्यान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उनको भनाइ थियो ।

    काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा दुई तीन घण्टा एअर ट्राफिक जाम हुने गरेकाले त्यसको विकल्पको रुपमा गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल छिटो सञ्चालनमा ल्याउन सके सहज हुने मन्त्री आलेको भनाई छ । ठूला ठूला जहाज उडेको हेर्न पाऔं, यो हाम्रो लागि गौरवको कुरा हो, उनले भने ।

    ale 1.jpg
    विमानस्थलको निरीक्षणका क्रममा तस्विर खिचाउँदै पर्यटन मन्त्री आले लगायत

    मन्त्री आलेसंगै संघिय सांसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, सांसद प्रमोद कुमार यादवले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको निरिक्षण गरेका छन्। सो अवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले आयोजनाको बारेमा जानकारी गराएका थिए। 

    मन्त्री आलेसंग नेपाल नागरिक उड्ययन प्राधिकरणका निमिक्त महाप्रबन्धक प्रेमनाथ ठाुकर लगाएका क्यान पदाधिकारी आएका थिए।