
शुक्रवार , आश्विन ३०, २०७७
भैरहवा, ३० असोज ।
रुपन्देहीमा शुक्रबार थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ८७ महिला र १७३ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार शुक्रबार बुटवल उपमहानगरपालिकाका ११४, सिद्धार्थनगर नगरपालिकाका ४७, तिलोत्तमाका २१, देवदहका २६, मायादेवीका ५, रोहिणीका ८, सैनामैनाका १९, शुद्धोधनका ४, ओमसतियाका ३, कञ्चनका ७, सियारीका ४, कोटहीमाई र सम्मरीमाईका १/१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
योसंगै रुपन्देहीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ५ सय २८ पुगेको स्वास्थ्य कार्यालय, रुपन्देहीका तथ्यांक अधिकृत ओम प्रकाश गुप्ताले बताए ।
जिल्लामा हालसम्म २ हजार ७ सय ३८ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै रुपन्देहीमा कोरोना संक्रमित १ हजार ७ सय ४३ जना उपचाररत छन् । त्यस्तै जिल्लामा हालसम्म ४७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij