२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

देवदहमा भेटिएको शवको अझै पहिचान भएन

बुधवार , माघ १२, २०७८

रुपन्देही, १२ माघ ।
रुपन्देहीको देवदहमा फेला परेका शवको अझै पहिचान हुन सकेको छैन । देवदह नगरपालिका–९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टी जंगलमा मंगलबार भेटिएको एक बालिका र महिलाको शवको अझै सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए । शवको प्रकृति हेर्दा हत्यापछि फालिएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिए पनि सनाखत नहुँदा समस्या भएको प्रमुख केसीले बताए । 

इलाका प्रहरी कार्यालय बुटवलको सूचनामा तराई मूलको जस्ते देखिने रातो ब्लाउज र रातो ज्याकेट लगाएकी अन्दाजी ३४/३५ वर्षीय महिला र पहेँलो छिर्केमिर्के सट, निलो पाइन्ट र रातो टोपी लगाएकी अन्दाजी ६/७ वर्षीय बालिकाको शवको सनाखत तथा परिवारको खोजी गरिदिन सहयोगका लागि सबैलाई आग्रह गरेको छ । रासस