
शुक्रवार , आश्विन ३०, २०७७
अर्घाखाँची, ३० असोज ।
अर्घाखाँचीमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा २१ जना र शितगंगा नगरपालिकामा १ जना गरी २२ जना लाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
कोरोना पुष्टि हुनेमा १३ पुरुष र ९ महिला रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए । भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमध्ये ५१ जनाको रिपोर्ट नेगेटिभ र २२ जनाको रिपोर्ट पोजेटिभ आएको बरालले जानकारी दिए ।
योसंगै अर्घाखाँचीमा कोरोना संक्रमित संख्या ५ सय २२ पुगेको छ । जिल्लामा उपचार पछि निको भएर हालसम्म ४ सय ६ जना डिस्चार्ज भएका छन् । त्यस्तै हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १२ जना रहेको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार हालसम्म जिल्लामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij