
शुक्रवार , आश्विन ३०, २०७७
अर्घाखाँची, ३० असोज ।
अर्घाखाँचीका ६ वटा स्थानीय तहमध्ये मालारानी गाउँपालिकाले स्थानीय तहमा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चालु आर्थिक वर्ष २०७७/७८ को लागी १ करोड ४४ लाख रकम गाउँपालिकामा आइसकेकाले अब केही दिनमा काम सुरु हुने गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।
उनका अनुसार अन्य स्थानीय तह भन्दा मालारानी गाउँपालिकामा ४४ लाख बजेट बढी आएकाले अस्पताल निर्माण कार्य छिटो हुन लागेको छ । २०६८ को जनगणना अनुसार २८ हजार ४४ जनसंख्या रहेको पालिका नागरिक गाउँमै स्वास्थ्य सेवा पाउने भएपछि खुशी भएका छन् ।
अस्पताल बनेपछि स्वास्थ्य सेवाका लागी छिमेकी जिल्ला गुल्मीका केही नागरिक पनि लाभान्वित हुनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij