images

बिहिवार, चैत्र १५ गते २०८०

गुरुयोजनाविपरीत लुम्बिनीमा व्यवसायी वैद्यलाई रिर्सोट बनाउन जग्गा दिन लागिएकोमा विरोध (भिडियो रिपोर्ट)

गुरुयोजनाविपरीत लुम्बिनीमा व्यवसायी वैद्यलाई रिर्सोट बनाउन जग्गा दिन लागिएकोमा विरोध (भिडियो रिपोर्ट)

images
images
images
बुधवार, माघ १२ २०७८
बुधवार, माघ १२ २०७८
  • गुरुयोजनाविपरीत लुम्बिनीमा व्यवसायी वैद्यलाई रिर्सोट बनाउन जग्गा दिन लागिएकोमा विरोध (भिडियो रिपोर्ट)

    लुम्बिनी, १२ माघ । 
    शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको महत्वपूर्ण जग्गा निजी रिसोर्टलाई दिने विषय बाहिर आएपछि त्यसको व्यापक विरोध सुरु भएको छ । लुम्बिनी गुरुयोजनाविपरीत रिसोर्ट बनाउन निजी कम्पनीसँग प्रस्ताव माग गरिएको भन्दै त्यसको जनस्तरबाट समेत व्यापक विरोध हुन थालेको हो ।

    images
    images
    images

    लुम्बिनीस्थित लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को ४ विघा क्षेत्र मात्र खाली छ। आध्यात्मिक अभ्यासका लागि छुट्याइएको यही जग्गामा व्यवसायिक रिसोर्टको अनुमति दिन लुम्बिनी विकास कोषले गोप्य तरिकाले प्रक्रिया थालेपछि अहिले त्यसको विरोध सतहमा आएको छ। पर्यटन मन्त्री प्रेमबहादुर आले अध्यक्ष रहेको लुम्बिनी विकास कोषले व्यवसायी सुरज वैद्यकी छोरीको स्वामीत्वमा रहेको कम्पनीसँग प्रस्ताव मागेको छ । सुरज वैद्य २०६२ को अन्तिमतिर केही महिना लुम्बिनी विकास कोषका उपाध्यक्ष भएका थिए ।

    लुम्बिनी विकास गुरुयोजनाअन्तर्गत ‘न्यू लुम्बिनी ग्राम’ मा ‘क्याम्पिङ ग्राउन्ड’ का लागि छुट्याइएको जग्गामा रिसोर्ट बनाउन कोषमा ५ महिनाअघि प्रस्ताव परेको थियो । ‘सम्सारा वेलनेस रिसोर्ट’ का तर्फबाट सभाना वैद्य बस्न्यातले राखेको प्रस्तावका आधारमा आलेको अध्यक्षतामा गत मंसिर ११ मा बसेको बैठकले सम्सारासंग विस्तृत प्रस्ताव माग गर्ने निर्णय गरेको हो । सम्सारा वेलनेसलाई जग्गा दिन लागिएको विषय सार्वजनिक भएपछि लुम्बिनी विकास कोषको आलोचना हुन थालेको छ । 

    लुम्बिनीका स्थानीय सन्दिप गुप्ताले लुम्बिनी गुरुयोजनाविपरीत रिसोर्ट खोल्ने कुरा मान्य नहुने बताए । उनले लुम्बिनीको विकासका लागि लुम्बिनीबासीले जग्गा दिएको बताउँदै विश्व सम्पदामा सूचीकृत सम्पदामा कुनै एक व्यक्तिलाई रिसोर्ट खोल्न दिने कुचेष्ठा गरिए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।  

    लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले गुरूयोजनाको मर्म र भावनाविपरीत लुम्बिनीभित्र हुने कुनै पनि क्रियाकलाप मान्य नहुने बताए । उनले रिसोर्ट बने त्यसले नकारात्मक सन्देश जाने बताउँदै यसले लुम्बिनीका होटल व्यवसाय पनि मर्कामा पर्ने बताए ।  

    लुम्बिनी विकास कोषका योजना प्रमुख इञ्जिनियर सरोज भट्टराईले २/३ वर्षमा लुम्बिनी गुरुयोजना सम्पन्न गर्न काम अगाडी बढाइएको बताए । ‘गुरुयोजना पूरा हुन क्याम्पिङ ग्राउन्ड बाँकी थियो,’ उनले भने, ‘त्यही भएर यसको प्रक्रिया अघि बढाएका हौं ।
    जापानी आर्किटेक्ट कान्जो टाँगेले सन् १९७८ मा बनाएको लुम्बिनीको गुरुयोजना अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन । कोषले गुरुयोजनाविपरीत थुप्रै संरचना बनाउदै आएको छ भने आफू मनखुसी बिहार निर्माणका लागि प्लट समेत वितरण गर्दै आएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij