मंगलवार , माघ ११, २०७८
रुपन्देही, ११ माघ ।
रुपन्देहीको देवदहमा मंगलबार दुई जनाको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदह नगरपालिका–९ स्थित जंगलमा एक बालिका र एक महिलाको शव भेटिएको हो ।
अन्दाजी ७ वर्षीया बालिका र ३५ वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए । उनीहरुको पहिचान खुल्न सकेको छैन ।
हत्या गरेर जंगलमा फालिएको अवस्थामा शव फेला परेको प्रहरीको निष्कर्ष छ । ईलाका प्रहरी कार्यालय बुटवल र देवदह प्रहरी चौकीको टोलीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij