२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

जेसीआई सिद्धार्थ नेपालद्वारा ह्वील चियर वितरण

मंगलवार , माघ ११, २०७८

भैरहवा, ११ माघ ।
जेसीआई सिद्धार्थ, नेपाल (सिद्धार्थ जेसीज)ले ह्वील चियर वितरण गरेको छ । संस्थाले वर्ष २०२२ को पहिलो कार्यक्रम अन्तर्गत ह्वील चियर वितरण गरेको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–७ निवासी मोती मल्लाह तथा बुटवल उपमहानगरपालिका–१७ निवासी लक्ष्मी खत्रीलाई ह्वील चियर हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा संस्थाका महासचिव लोकमणि भट्टराईले बताए ।

जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२२ का अध्यक्ष कमल जि.सी.को अध्यक्षता, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणको प्रमुख आतिथ्यता, दीपक सापकोटाको सञ्चालन तथा ओजस शर्माको आस्था पाठमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जेसीआई सिद्धार्थका पूर्व अध्यक्ष, बोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको कोषाध्यक्ष सागर पोख्रेलले बताए ।